युवा संघ नेपालद्वारा सञ्चालित महाकाली–मेची युवा जागरणको तेस्रो दिन

दाङ । युवा संघ नेपालद्वारा सञ्चालित महाकाली–मेची युवा जागरणको तेस्रो दिन लुम्बिनी प्रदेशको राजधानी भालुवाङ क्षेत्रबाट कपिलबस्तु, बुटवल हुँदै परासी पुगेको छ ।

बाँके जिल्लाले संघको झण्डालाई दाङको लमहीमा हस्तान्तरण गरेको छ । उक्त झण्डा नेकपा (एकीकृत समाजवादी) दाङका अध्यक्ष सुरामणि बेलबासेले संघका अध्यक्ष नरेश शाही र महासचिव दीपक जिएमलाई हस्तान्तरण गरेका हुन् ।

‘भ्रष्टाचार र अनियमितताको आधार– भड्किलो र खर्चिलो निर्वाचन बहिष्कार’ भन्ने मूल नारासहित लमही बजारमा निकालिएको मोटरसाइकल र्‍यालीपछि कोणसभा सम्पन्न भएको थियो ।

लमहीबाट प्रदेश राजधानी भालुबाङ पुगेर संघको केन्द्रीय र स्थानीय नेतृत्वले पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको अपिल वितरण गरेको थियो ।

उक्त अपिल कपिलबस्तुको चन्द्रौटा बजारमा वितरण गरेपछि ४ जितपुरमा कोणसभा सम्पन्न भयो । यात्राका क्रममा बुटवलमा जागरणसभाको आयोजना गरिएको छ ।

२०,भाद्र.२०७९,सोमबार ०९:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्