नवलपरासी २ मा कंडेल र १ मा विनोद चौधरीसहित ५ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले नवलपरासी पश्चिमका दुई प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।

क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा अर्बपति विनोद चौधरीसहित ५ जना सिफारिस भएका छन् । क्षेत्र नंं. २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ देवकरण कलवार, विक्रम खनाल,कुल्दिप आचार्य, विनोद चौधरी र उषा बास्तोला सिफारिस भएका छन् ।

यस्त प्रदेश सभातर्फ (क) मा विश्व प्रेम पाठक र (ख)मा मुकुल आचार्य सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्र नंं. २ (क) मा मोहन शर्मा सर्वसम्मत तथा (ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरि सिफारिस भएका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले जानकारी दिए ।

२०,भाद्र.२०७९,सोमबार १५:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्