एमालेबाट पर्सा २ को लागि वीरगञ्जको मेयरमा पराजित सरावगीसहित ४ जनाको नाम सिफारिस

जनकपुरधाम । नेकपा एमालेले पर्सा क्षेत्र नम्बर २ बाट वीरगञ्जका पूर्वमेयर विजय कुमार सरावगीसहित चार जनाको नाम सिफारिस गरेको छ ।

एमाले क्षेत्रीय समितिको बैठकले सरावगीसँगै प्रभु हजरा, निर्मला देवकोटा र बसरुद्दिन अन्सारीको नाम सिफारिस गरेको हो ।

सरावगीले २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम (जसपा) बाट वीरगञ्ज उपमहानगरपालिकाको मेयरमा जितेका थिए । मेयर रहेकै बेला उनी एमाले प्रवेश गरेका थिए । त्यसपछि वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सरावगी एमालेबाट मेयर उम्मेदवार बनेका थिए । तर, जसपाका रमेशमान सिंहसँग उनले पराजित व्यहोरे ।

२०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट तत्कालीन संघीय समाजवादी फोरमबाट विमलप्रसाद श्रीवास्तव विजयी भएका थिए । श्रीवास्तव अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा छन् ।

२१,भाद्र.२०७९,मंगलवार ११:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्