इन्द्रचोक, असन र भेडासिंह क्षेत्रमा सडकका पसल हटाउन महानगरको उर्दी
वि.सं.२०७९ भदौ २१ मंगलवार १३:०३
shares

काठमाडौं । महानगरपालिकाले इन्द्रचोक, असन, भेडासिंहलगायत क्षेत्रमा रहेका सडक किनारका पसल हटाउन निर्देशन दिएको छ।
आइतबारनै २४ घन्टे समयसीमा दिएर पसल हटाउन भनेको महानगरले व्यवसायीले अहिलेसम्म पसल नहटाएको भन्दै तत्काल हटाउन पुनः सम्झाएको हो।
सडकका व्यापार व्यवसायले काठमाडौंको सौन्दर्यता पुरातात्विक धार्मिक एवं पर्यटन समेतलाई असर परिरहेको निष्कर्ष निकाल्दै महानगरले व्यापार व्यवसाय हटाउन लागेको हो।
महानगरले ईन्द्रचोकस्थित बंकेश्वर (सन्तानेश्वर) महादेव मन्दिर वरीपरी रहेका खास्तो व्यापार, भेडासिंगस्थित श्री भवानी शंकर मन्दिर नौदेवल (माटोको भाडा कुडा) लगाएत अन्य व्यापार व्यवसाय र असनस्थित ट्रान्सफर्रमर मूनि (श्री उमा शंकर मन्दिरको दायाँ बायाँ (दुध डेरी) मा रहेको व्यापार व्यवसाय पसलहरू हटाउन भनेका छ।




















