प्रतिनिधिसभाका लागि रौतहट-४ बाट कांग्रेसका कोइरालाको नाम सिफारिस

रौतहट । नेपाली कांग्रेसले रौतहट ४ बाट प्रतिनिधिसभा सदस्य तर्फ प्रत्यक्षका लागि रविनचन्द्र कोइरालाको नाम सिफारिस गरेको छ ।

जिल्ला कार्यसमितिको मङ्गलवार बसेको बैठकले स्थानीयको राय सुझावसहित उनको नाम सिफारिस गरेको हो ।

क्षेत्रीय कार्यसमिति बैठकबाट नाम सिफारिस नभएपछि उनी रुष्ट बनेका थिए ।

क्षेत्रीय समितिबाट सिफारिसमा नपरे पनि जिल्ला कार्यसमितिले पहिलो नम्बरमा नै नाम सिफारिस गरेको सभापति सुनिल (जितेन्द्र) कुमार यादवले बताए ।

यो निर्णयले पार्टी भित्रका आस्थावान नेता तथा कार्यकर्ताको भावनालाई समेटेको तरुण दलका नेता शम्भु थापाले बताए ।

२१,भाद्र.२०७९,मंगलवार १३:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्