काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

योगेशलाई जन्मदिनको शुभकामना दिँदै झाँक्रीले भनिन्- महत्वपूर्ण निर्णयमा अभाव हुनेरहेछ

3.6K
shares
khanepani bord

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराई र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीको दोस्ती लामो र गहिरो छ । योगेशलाई रामकुमारी अविभावक मान्छिन् ।

बुधबार योगेशलाई जन्म दिनको शुभकामना दिने क्रममा पनि रामकुमारीले त्यो प्रकट गरेकी छिन् । सामाजिक सञ्जालमार्फत जन्म दिनको शुभकामना दिंदै उनले महत्वपूर्ण निर्णय गर्दा योगेशको अभाव महसुस गर्ने गरेको उल्लेख गरेकी छिन् । ‘आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ,’ उनले लेखेकी छिन् ।

२०५४ मा एमाले विभाजित भएर नेकपा (माले) बन्दा योगशसँगै रामकुमारी मालेतिर लागेकी थिइन् । २०६५ मा भएको अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा उनले गोकुल घर्तीलाई पराजित गरेकी थिइन्, जसमा योगेशहरूको महत्वपूर्ण सहयोग थियो ।

तत्कालीन नेकपा कालको संघर्षमा रामकुमारी योगशहरूसँगै प्रचण्ड-माधव खेमामा उभिएकी थिइन्। अन्तिम समयसम्म नेपाललाई साथ दिएका सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराईलगायतका १० नेताहरू एमाले विभाजनमा भने सहमत भएनन् ।

झाँक्रीले भने नेपाललाई साथ दिइन् । झाँक्री लगायतका तेस्रो पुस्ताका युवाको बलियो आडभरोसाकै कारणले माधव नेपालले एमाले विभाजन गर्ने साहस गरेका थिए ।

आफू निरन्तर संवादमा रहने र सल्लाह सुझावसमेत लिने भूसाल र भट्टराई लगायतका नेताहरू एमालेमै बस्दा पनि झाँक्रीले एकीकृत समाजवादी रोज्नुलाई कतिपयले बाध्यताको संज्ञा समेत दिन्छन् ।

khanepani