खोटाङ माओवादी : यी हुन् प्रतिनिधि र प्रदेशसभा उम्मेदवारका लागि सिफारिस नेता

काठमाडौं । नेकपा माओवादी केन्द्र खोटाङले प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिस गरेको छ ।

मङ्गलवार माओवादी केन्द्र खोटाङको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ टंक राई (केन्द्रीय अनुशासन आयोग), रामकुमार राई पासाङ, समिता कार्की अस्मिता र दुर्गाजयन्ती राईको नाम सिफारिस गरेको छ ।

त्यस्तै समानुपातिकतर्फ टंकनाथ तामाङ र परशुराम विकको नाम सिफारिस भएको छ ।

यसैगरी प्रदेशसभा १ प्रत्यक्षतर्फ जीवन राई संगिन, हस्तबहादुर राई आमोद, विकास राई र सिताराम अधिकारीको नाम सिफारिस भएको छ ।

समानुपातिकमा जयप्रसाद आचार्य, मनकुमारी रसाइली, मगमसिंह राई, बन्दना तामाङ, ज्ञानबहादुर भुजेल र जयप्रकाश राईको नाम सिफारिस भएको छ ।

प्रदेशसभा २ मा प्रत्यक्षतर्फ, ध्रुव बुढाथोकी धिरन, देवान चाम्लिङ पृथ्वी र दीपक पाण्डे आकाशको नाम सिफारिस भएको छ ।

समानुपातिक तर्फ निसाना राई, कल्पना चाम्लिङ सोनीया, विनिता राई सुशील, डा. विष्णु राई, नवल खड्का, गजेन्द्र राई, सुमिना राई, नरेन्द्र निर्विकारको नाम सिफारिस भएको छ ।

२१,भाद्र.२०७९,मंगलवार १६:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्