काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता...

पुरा पढ्नुहाेस्

रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गरेको अमेरिकाको दाबी

3.54K
shares
khanepani bord

एजेन्सी । रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनः पूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोलाबारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ ।

पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट्रिक एस राइडरले भने, ‘हामीसँग रुसले उत्तर कोरियासँग गोलाबारुदको अनुरोध गरेको संकेत छ ।’

रुसले फेव्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा गर्ने स्पष्ट अपेक्षा राखेको थियो । तर, युक्रेनको कडा प्रतिकारका कारण आफ्नो योजनामा मस्को सफल हुन सकेको छैन ।

रुसविरुद्धको हमला सशक्त पार्न युक्रेनले अमेरिका, नेटो र युरोपेली देशबाट हतियार र युद्धका अन्य सामग्री प्राप्त गरेको छ । पश्चिमा सहयोगका कारण रुसले नियन्त्रण गरेका कतिपय सहरलाई किभले फिर्ता गर्न सफल भएको छ ।

युद्धमा दुवै पक्षले ठूलो मात्रामा तोपखाना गोलाबारुद प्रयोग गरेका छन् ।

रुस–युक्रेन युद्धपछि युरोपमा ग्यास समस्या बढेको छ भने विश्वव्यापी रुपमा खाद्यान्नको मूल्य बढेको छ ।

khanepani