काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको...

पुरा पढ्नुहाेस्

पाथीभरा मन्दिरलाई सनराइज बैंकद्वारा पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग

4.24K
shares
khanepani bord

काठमाडौं । सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल स्क्रोलिङ बोर्ड प्रदान गरेको छ ।

बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको हस्तान्तरण गरेका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको उपस्थितिमा बैंकले पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको हो ।

मन्दिर पुग्ने बाटोमा भक्तजनको सुविधाको लागि तीन थान शौचालय विभिन्न ठाउँमा राख्ने गरी हस्तान्तरण गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले जानकारी दिए ।

khanepani