डोल्पा कांग्रेसका पूर्व सभापति अंगद बुढा राप्रपामा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस डोल्पा जिल्लाका पूर्व सभापति अंगद कुमार बुढा राप्रपामा प्रवेश गरेका छन् । कांग्रेसबाट सांसद चुनाव लडिसकेका बुढालाई बुधवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरे ।

धनबहादुर बुढा राप्रपाबाट एमालेमा प्रवेश गरी सांसदको टिकट लिएपछि विद्रोह गरेर कांग्रेस प्रवेश गरेका बुढा यसबीचमा जिल्ला सभापति समेत भएका थिए । तर धनबहादुर बुढाका दाजु कर्णबहादुर बुढा सुनिल थापासँगै कांग्रेस प्रवेश गरेर जिल्लामा टिकटको दाबेदार बनेपछि अंगदले कांग्रेस छाडेका हुन् ।

जिल्लामा धनबहादुर बुढाका परिवारको ज्यादतीविरुद्ध एक्लै संघर्ष गर्दै आएका अंगद बुढा लोकप्रिय युवा नेता हुन् ।

२२,भाद्र.२०७९,बुधबार १८:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्