बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त गोंगबूबाट पक्राउ

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौंको सामाखुसीमा बस्‍दै आइरहेका २९ वर्षीय पुरूषोत्तम अधिकारी रहेका छन् ।

अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।

२२,भाद्र.२०७९,बुधबार १८:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्