प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकका लागि विशेष अफर

काठमाडौं । प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छुट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिइरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन कम्पनीले बियोण्ड फिट प्राइभेटसँग सम्झौता गरेको हो ।

उक्त सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने भएका छन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिँदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।

यो योजनाबाट लाभ लिन हितग्राहीले बिल भुक्तानी गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छूट समझौताको मितिदेखि तीन महिनासम्म लिन सकिनेछ ।

२३,भाद्र.२०७९,बिहीबार ०९:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्