नेपाली कांग्रेस रामेछाप ‘क’ मा समाजसेवी शम्भु घिमिरेको पल्ला भारी, आउन थाले बधाईको ओइरो ?

रामेछाप । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशका लागि नेपाली कांग्रेस रामेछाप ‘क’ प्रदेशमा समाजसेवी एवं राजनितिज्ञ शम्भु घिमिरेले वाजी मार्ने सम्भावना निक्कै बढेको समाचार स्रोतको दावी छ ।

रामेछाप जिल्लाका गाँउ गाँउका विद्यालयहरुमा स्कुल व्यागदेखि अन्य सामाजिक काममा निक्कै सक्रिय भएर लाग्ने घिमिरेलाई प्रदेशसभा रामेछाप ‘क’ को टिकट दिदा जित्ने सम्भावना धेरै रहेको राजनितिक विश्लेशकहरुको तर्क रहेको छ ।

रामेछाप ‘क’ मा रामेछाप नगरपालिका निर्णायक हुने भएका कारण पनि यहि नगरपालिकाबाट उम्मेदवार बनाउन सबै तह र तप्काका मानिसहरुको जोड बल घिमिरेको पक्षमा रहेको छ । भोटका हिसावले र अन्य राजनितिक पार्टीका नेताहरु र कार्यकर्ताहरुको समेत मन सजिलै जित्न सक्ने नेताका रुपमा घिमिरे स्थापीत भइसकेका छन ।
उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढीरहेको छ । यसै समयमा घिमिरेलाई बधाई दिनेहरुको तातिनै लागेको समाचार स्रोतको दावी छ ।

रामेछाप जिल्लाको कांग्रेसबाट निर्वाचन क्षेत्र ‘क’ बाट धेरै जना नेताहरुले आफ्नो दावी प्रस्तुत गरेका भएपछि राजनिति र समाजसेवामा भिजेका शम्भु घिमिरेको पल्ला निक्कै भारी देखिएको छ । उनी लायन्सका लिडर पनि हुन । लायन्स क्लव मार्फत उनले रामेछापका धेरै ठाउँमा समाजसेवा गर्दै आएका छन । रामेछाप ‘क’ निर्वाचन क्षेत्रमा घिमिरेको नाम अग्रपंतिमा देखिएको छ । उनलाई टिकट दिएमा नेपाली कांग्रेसलाई जित हातपार्न कुनै अप्ठारो पर्ने छैन ।”
संघमा पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेशसभामा रामेछाप ‘क’ मा घिमिरेलाई टिकट दिएमा कांग्रेसले सानदार जित हासिल गर्ने कुरामा कुनै संकोच लिनु पर्ने छैन । हंसमुख स्वभाव, कसैलाई नचिढाउने, समाजसेवामा अतुलनिय योगदान, भाषणमा दक्ष घिमिरेका अगाडि नेपाली कांग्रेसमा मात्र हैन उनी बराबर अन्य पार्टीहरुमा समेत उम्मेदवार छैनन, भन्दा अन्यथा हुने छैन ।

त्यसैगरि बैठकले योग्यता पुगेका उम्मेदवारले प्रदेशको टिकटका लागि दावी गरे अनुसार सिफारिस गर्ने तयारी गरेको छ । प्रदेशमा रहेको दुई वटा निटकका लागि कांग्रेसभित्र ४१ भन्दा बढी नेताहरुले दावी प्रस्तुत गर्ने भएका छन् । कांग्रेसभित्र प्रदेशको टिकटका लागि उमाकुण्ड गाउँपालिकाबाट आङदेण्डी शेर्पा, भिमसेन वस्नेत, झपडराज भण्डारी, जमुना कार्की, गेल्जे शेर्पा, केदार विक्रम खड्का र गजेन्द्र खड्काले दावी गर्ने भएका छन् ।

त्यसैगरी कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार गोकुलगंगा गाउँपालिकाबाट कांग्रेस रामेछापका सचिव दिपक खड्का, उज्जलराम घिमिरे, शिव श्रेष्ठले दावी गरेका छन् ।लिखु तामाकोसी गाउँपालिकाबाट कृष्ण बहादुर महत, कल्पना खड्का, निरोज खड्का, सुन्दर खड्काले प्रदेशका लागि उम्मेदवारमा दावी गर्ने भएका छन् ।

रामेछाप नगरपालिकाबाट कांग्रेस रामेछापका नेता तथा समाजसेवी शम्भु घिमिरे, उपसभापति लेखबहादुर कार्की, गत निर्वाचनमा कांग्रेसबाट प्रदेश ‘क’ का उम्मेदवार बनेका रत्न कार्की, पूर्व रामेछापका नगरप्रमुख नरबहादुर थापा मगर, पूर्व नगर उपप्रमुख सृजना खड्का, कुमारी हायु, , युवराज भट्टराई, महेश कार्की र गंगा अधिकारी सहितका नेताहरुले प्रदेशको टिकटको लागि आफ्नो दावी गरे पनि यी सबैलाई पछि पार्दै घिमिरे अगाडि बढेका छन ।

२३,भाद्र.२०७९,बिहीबार ११:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्