वसन्तपुरमा जीवित देवी कुमारीको विशेष पूजा
वि.सं.२०७९ भदौ २३ बिहीवार ११:३२
shares

काठमाडौं । वसन्तपुरमा जीवित देवी कुमारीको विशेष पूजा गरिएको छ । वसन्तपुरमा आज ५४ जना कुमारीको पूजा गरिएको हो । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।
बुधबार विशेष विधिपूर्वक लिंगो ठड्याएसँगै यो वर्षको ईन्द्रजात्रा शनिबारदेखि नै सुरु भएको छ। पूजाका लागि कुमारीहरुलाई विशेष रुपमा सिंगारिएको थियो । कुमारी पूजाको आयोजना हिन्दु राष्ट्र संघले गर्दै आइरहेको छ ।




















