काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

बालुवाटारमा सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे छलफल जारी

4.26K
shares
khanepani bord

काठमाडौ । काठमाडौ बालुवाटारमा सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे छलफल भएको छ।

आज बिहान ९ बजेदेखि सिट बाँडफाँट कार्यदल र नेताहरूको बैठक जारी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

बुधबार बसेको कार्यदल बैठकले सिट बाँडफाँट प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने सहमति गरेका थिए।

विवादित क्षेत्र प्रधानमन्त्रीसहित पाँच दलीय शीर्ष नेताले टुंग्याउने तयारी पनि छ।

दलहरूले आफूले दाबी गरेका क्षेत्रमा गत चुनावहरूमा प्राप्त मतलगायतबारे विश्लेषणसहित क्षेत्रगत छलफल पनि गरेका छन्।

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची असोज १ मा बुझाउनुपर्ने भएकोले त्यसअघि नै प्रत्यक्षतर्फका सिट बाँडफाँट टुंग्याउने गरी तयारी छ।

प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भने असोज २३ मा हुने आयोगको कार्यतालिका छ।

khanepani