थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न सरकारको सैद्धान्तिक स्वीकृति

काठमाडौं । सरकारले थप दुई वटा पेट्रोलियम पाइपलाइन निर्माणका लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।

भारतको सिलुगुडीदेखि झापाको चारआली र बाराको अमलेखगञ्जदेखी चितवनको लोथरसम्म पाइपलाइन बनाउन सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो ।

अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन ६२ किलोमिटर लामो हुनेछ भने भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन ५० कलिोमिटर लामो हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

लोथरसम्मको पाइपलाइन विस्तारले भारतको मोतिहारीदेखि आमलेखगञ्ज हुँदै डिजेल र पेट्रोल चितवनको लोथरसम्म आइपुग्ने छ ।

यस्तै सिलुगुडीदेखि चारआलीम्मको पाइपलाइन विस्तार दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हुनेछ । पूर्व क्षेत्रको पेट्रोलियम वितरणमा यो पाइपलाइन महत्वपूर्ण हुने आयल निगमको दावी छ । तर, विद्युतीय खपत बढीरहेको र नेपाल आयल निगम वित्तीय रुपमा संकट रहेका बेला महँगो पूर्वाधारमा लगानी गर्नु उपयुक्त नरहेको जानकारहरु बताउँछन्।

२३,भाद्र.२०७९,बिहीबार १७:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्