बेलायती महारानी एलिजावेथ चिकित्सकको निगरानीमा

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि बेलायती महारानी एलिजावेथलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य निकालेर उनी अहिले चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था स्थिर र सहज रहेको बताएको छ ।

९६ वर्षीया महारानी स्कटल्यान्डमा रहेको बारमोरल छिन् । लण्डनमा यात्रा गर्न असहज हुने भन्दै उनले नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई बारमोरलमै बोलाएर सपथ खुवाएकी थिइन्।

एलिजावेथको स्वास्थ्यमा समस्या देखिएपछि राजकुमार चार्ल्सल बालमोरलमा पुगेका छन् ।

२३,भाद्र.२०७९,बिहीबार १८:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्