एनसीसी बैंक र मनकामना अस्पतालबीच छुट सम्झौता

काठमाडौं । एनसीसी बैंकले आफ्ना ग्राहकलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ।

सम्झौताअनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले मनकामना अस्पतालमा OPD Checkup & Investigation (Endoscopy, X-Ray, USG, Pathology tests, General Ward & Cabin bed charges मा १५ प्रतिशत र OT Charges, CT Scan, ICU, NICU, HDU/Nurseryमा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्सटेन्सन काउन्टर र १३७ एटीएम बुथ सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ।

२४,भाद्र.२०७९,शुक्रबार ०८:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्