सोल्टीसहित तीन क्यासिनोले बुझाए महानगरलाई मनोरञ्जन कर

काठमाडौं । काठमाडौं महनगरपालिकाका तीन वटा क्यासिनोहरूले मनोरञ्जन कर तिरेका छन् ।

महानगरले सात दिने अल्टिमेटम दिएपछि तीन वटा क्यासिनोले मनोरञ्जन कर तिरेको महानगरका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार सोल्टी होटल र मल्ल होटलको क्यासिनोले मनोरञ्जन कर तिरेका हुन् । यी दुई क्यासिनोले ३० लाख कर तिरेका हुन् ।

बुधबारै मेरियट होटलले १९ लाख रुपैयाँ मनोरञ्जन कर बुझाएको थियो ।

२४,भाद्र.२०७९,शुक्रबार १३:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्