शंकर पोखरेल र कृष्णबहादुर महराको क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने विशालको घोषणा

दाङ । दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वानका लागि इञ्जिनियर विशाल अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

इन्जिनियर रहेका अधिकारी घोराही उपमहानगरपालिका–४ का उनले बिहीबार उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले ‘दाङ विकास मोडेल’ मा नमुना काम गर्दै देशभर फैलाउने इच्छाशक्ति भएको बताए । उनले कृषियोग्य भूमिमा भएका अव्यवस्थित औद्योगिकरणको नियन्त्रण गर्ने, वायु प्रदुषण र मानव स्वास्थ्यलाई ख्याल गर्नेगरी दिगो विकास गर्ने बताएका छन् ।

दाङ क्षेत्र नं. २ एमालेका महासचिव शंकर पोखरेल र माओवादी नेता कृष्णबहादुर महराको निर्वाचन क्षेत्र हो ।

२४,भाद्र.२०७९,शुक्रबार १३:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्