काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता...

पुरा पढ्नुहाेस्

पाण्डे पक्षधरले विवेकशील अभियान नयाँ सिराबाट सुरु गर्ने, असोज ३ गते भेला आह्वान

3.67K
shares
khanepani bord

काठमाडौं । विवेकशील साझा पार्टीका मिलन पाण्डे समूहले विवेकशील अभियान नयाँ सिराबाट सुरु गर्ने भएको छ । जसका लागि आगामी असोज ३ गते ‘अगुवा भेला’को आह्वान गरेको छ ।

आज सामाजिक सञ्जालमार्फत पाण्डेले यो कुरा सार्वजनिक गरेका छन् ।

यो समूह विवेकशील अभियानको संस्थापन समूह हो । २०७४ को स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलका रूपमा रहेको यो समूहले त्यसपछि रवीन्द्र मिश्रको साझा पार्टीसँग एकता गरेर विवेकशील साझा पार्टी बनेको थियो ।

एकीकृत पार्टीको अध्यक्ष बनेका मिश्रले ‘बिचार भन्दामाथि देश’ अवधारणा ल्याएर हिन्दूराज्य, संवैधानिक राजतन्त्र र संघीयतामाथि प्रश्न उठाएपछि पाण्डे समूहले फरक मत राखेको थियो । पाण्डे समूह संविधानका व्यवस्थाको पक्षमा रहेर पार्टी अघि बढ्नुपर्ने धारणा राख्दै आएको छ ।

यही कारण मिश्रभन्दा फरक विचार राख्ने पाण्डेलगायतका नेतालाई कारबाही गरिएको थियो । गएको स्थानीय निर्वाचनमा पार्टी नराम्ररी पराजित भएपछि मिश्रले अध्यक्ष पदबाट राजीनामा दिँदै पाण्डे समूहको कारबाही फुकुवा गरेका थिए ।

यद्यपि पार्टीमा अझै पनि भावनात्मक एकता कायम हुन सकेको छैन । मिश्रले बहुमतका आधारमा अझै पनि आफ्नै अवधारणामा पार्टीलाई अगाडि बढाउँदा पाण्डे समूह पार्टी गतिविधिमा सक्रिय छैन ।

यसैबीच पाण्डे समूहले विवेकशील अभियानलाई नयाँ सिराबाट सुरु गर्ने घोषणा गरेको हो ।

khanepani