शनिवार ४ बजेसम्मका लागि गठबन्धन बैठक स्थगित

काठमाडौं । सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिवारसम्मका लागि स्थगित भएको छ ।

आज बस्ने भनिएको बैठक शनिवार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बालुवाटारमा गठबन्धनको बैठक आज ४ बजेसम्मका लागि स्थगित भएको हो ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।

सिट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ ।

बैठकबाट शीर्ष नेताले सिट बाँडफाँट गरी टुंगो लगाउने बताइएको छ ।

२४,भाद्र.२०७९,शुक्रबार १८:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्