काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

आज बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

3.71K
shares
khanepani bord

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित गरिएको छ । संसद सचिवालयले आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवस बस्न नसकिने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जनाएको हो ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी स्थगित आजको बैठक भदौ २९ गते बुधबार बिहान ११ बस्ने गरी तय गरिएको जानकारी गराएका छन् ।

यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रियसभाबाट पारित भएर सन्देशसहित आएको मिडिया काउन्सिल विधेयकलाई दफावार छलफल गर्न संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो ।

सरकारले बेलायती महारानी एलिजाबेथको निधनमा आजदेखि ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

IME
khanepani