काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

रवि लामिछानेको पार्टीबाट स्याङ्जा २ मा गुरुङ उठ्ने

3.74K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जा २ मा टिकराज गुरुङलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ ।

लामो समयदेखि शिक्षण पेशामा आवद्ध गुरुङलाई संघीय संसदका लागि उम्मेदवार बनाउन लागिएको छ । प्रतिनिधि सभाका लागि स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिन लागेको गुरुङले बताए ।

‘उम्मेदवार स्थानीय तहका आकांक्षीबाट छनोट गर्न पार्टीको पद्धति छ । त्यही विधि अनुसार म उम्मेदवार बनेर प्रचारमा लागेको छु’, गुरुङले भने ।

राजनैतिक यात्रा कसैसँग वदला लिनको लागि नभएर अवस्था वदल्नको लागि भएको उनले बताए । पूर्व सञ्चारकर्मी लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर चुनावी कार्यक्रम गरिरहेको छ । लामिछाने सहितका केन्द्रीय नेताहरु स्याङ्जा २ स्थित वालिङमा गई पार्टीको भेला गरेका थिए ।

khanepani