चीनले बीआरआईलाई नयाँ संस्करणमा अघि बढाउने तयारी गर्दैछ : स्वर्णिम वाग्ले
वि.सं.२०७९ भदौ २६ आइतवार ११:४७
shares

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) रोकिएको अवस्थामा रहेकोमा चीनले त्यसलाई नयाँ संस्करण अघि बढाउने तयारी गरिरहेको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको आरम्भ सत्र ‘भूराजनीति र अर्थ कूटनीति’ शीर्षकमा बोल्दै वाग्लेले चीनले बीआरआईको पहिलो चरण रोकिएको आवस्थामा रहेको बताए ।
‘बीआरआईको पहिलो चरण सकियो; अहिले यो ‘पज’ मा छ । चीनले यसलाई अब २.० का रुपमा अझ घनीभूत रुपमा परिमार्जित गरेर ल्याउँदैछ,’ वाग्लले भने ।
वाग्लेले अफ्रिका तथा एसियाली राष्ट्रहरुमा चिनियाँ लगानीको विषयमा देखिएको समस्यालाई लिएर चीन संवेदनशील रहेको बताए ।
प्रकाशित : भाद्र २६, २०७९ ११:३६

























