स्वतन्त्रबाट चुनाव लड्न चाहनेका लागि लौरो समूहले आवेदन माग्यो
वि.सं.२०७९ भदौ २६ आइतवार १५:३३
shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेको लौरो समूहले आवेदन मागेको छ ।
देशभरबाट लौरो लिन इच्छुक योग्य उम्मेदवारहरूका लागि फर्म भर्न अनुरोध गरिएको समूहका सदस्य रोहन कार्कीले बताए । इच्छुकले नाम, ठेगाना, उम्मेदवारी दिन चाहेको ठाउँ, यसअघिको कामको अनुभव, चुनाव लड्न चाहनुको उद्देश्यलगायतको विवरण भर्ना गुगल फर्म बनाएको छ ।
स्थानीय चुनावको परिणामबाट हौसिएका स्वतन्त्र उम्मेदवार संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारीमा छन् । यसको नेतृत्व सुमन सायमीले गरेका छन् । भदौ १६ मा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरिसकिएको छ ।
साझा घोषणा पत्र, चुनाव चिन्ह र साझा उम्मेदवारसहित केहीले उम्मेदवारीको घोषणा पनि गरेका छन् ।

























