काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

रेसुङ्गा क्याम्पसका ९ जना शिक्षक तथा कर्मचारीलाई अवकाश

3.84K
shares
khanepani bord

गुल्मी । आर्थिक संकटकाल घोषणा गरेको गुल्मी जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक तथा कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको छ ।

शनिबार बसेको क्याम्स सञ्चालन समितिको बैठकले सात जना शिक्षक र दुई जना कर्मचारी गरी ९ जनालाई स्वेच्छिक अवकाश गर्ने निर्णय गरेको क्याम्पस प्रमुख क्याम्पस प्रमुख हरि बहादुर केसीले जानकारी दिए ।

आर्थिक संकटका कारण क्याम्पस सञ्चालन गर्न कठिनाइ भएको भन्दै साउन ३० गते सञ्चालक समितिले आर्थिक संकटकाल घोषणा गरेको थियो । आर्थिक संकटकै कारण स्वेच्छिक अवकाशको प्रक्रियामा जानुपर्ने बाध्यताका कारण आवेदन माग गरेको संचालक समिति अध्यक्ष भलामीले बताए ।

उनले भने ‘हामीले बाध्यताकै कारण स्वेच्छिक अवकाशको आवेदन माग गरेका थियौं । केही निवेदन परेका तर हामीले निवेदन नपरेका विद्यार्थी नभएका विषयको शिक्षकलाई पनि स्वेच्छिक अवकाश दिने निर्णय गरेका छौं ।’

क्याम्पस संचालक समितिले सह–प्राध्यापक चन्द्रकान्त पन्थी, उपप्राध्यापकहरू ढुण्डिराज पोखरेल, अशोक कुमार पाण्डे, विष्णुकान्त पन्थी, लक्ष्मण रिजाल, पदम प्रसाद पाण्डे र गोविन्द गौतमलाई अवकाश दिने निर्णय गरको छ । त्यसमध्ये चार जना स्वेच्छिक अवकाशका लागि आवेदन दिने र तीन जना नदिने परेका छन् ।

कर्मचारीहरुमा पुस्तकालयका लोकनाथ गौतम र स्टोर किपर पिताम्बर मरासिनीलाई पनि अवकाश दिएको छ ।

khanepani