जसपाका संघीय र प्रदेश सांसद नै एमालेमा, जनकपुर पुगेर ओलीले भित्र्याए

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुई सांसदले पार्टी छाडेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेश २ सभा सदस्य अञ्जुकुमारी यादव एमालेमा आएका हुन् ।

उनीहरूलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका थिए । दुवैजना जसपाका केन्द्रीय सदस्य पनि हुन् ।

२७,भाद्र.२०७९,सोमबार १७:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्