सभामुख सापकोटा र चिनियाँ जनकांग्रेसका अध्यक्ष लीबीच भेटावर्ता

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा आइपुगेका चिनियाँ जनकांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच संघीय संसद भवन नयाँबानेश्वरको तिलिचो हलमा शिष्टाचार भेटवार्ता भएको सापकोटाको सचिवालयले जनाएको छ ।

चान्सु आज साढे ३ बजे काठमाडौं आइपुगेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार आज सभामुख सापकोटा र समकक्षी लीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । त्यस्तै साँझ सोल्टी होटलमा रात्रीभोजको आयोजना गरिएको छ ।

लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार र प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार शिष्टाचार भेट गर्ने छन् ।

बिहीबार नै लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गर्नेछन् ।

लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्ने छन् । भ्रमण सकेर उनी ३० गते स्वदेश फर्कने छन् ।

२७,भाद्र.२०७९,सोमबार १७:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्