पाकिस्तानका बाढीपीडितलाई नेपालले २ करोडको राहत सामग्री सहयोग गर्ने

काठमाडौं । नेपाल सरकारले पाकिस्तानको बाढीपीडितलाई २ करोड बराबरको राहत सामग्रीहरू प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को भदौ २१ को बैठकले यो निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको छ ।

‘मित्रराष्ट्र पाकिस्तानमा आएको बाढीबाट धनजनको ठूलो क्षति भएको प्रति नेपाल सरकार दुःख व्यक्त गर्दछ । उक्त विपद्मा परी मृत्यु हुनेहरुप्रति नेपाल सरकार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘बाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई ने.रु. २ करोड बराबरको राहत सामग्रीहरू प्रदान गर्ने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७९/०५/२१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

२८,भाद्र.२०७९,मंगलवार ११:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्