निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित होइन : विशाल भट्टराई

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठक पछि बोल्दै प्रमुख सचेतक भट्टराईले भने, ‘निर्वाचन आयोगले हाम्रो कार्यकाल तोक्ने कुरा उचित होइन ।’

उनले प्रतिनिधिसभाको कार्यकालबारे सरकारले विधेयक ल्याउने तयारी गरे पनि विरोधपछि त्यो पनि झन अन्योल भएको बताए । उनले भने, ‘सरकारले कार्यकालका सम्बन्ध बिधेयक ल्याएर क्लिएर गर्न खोजेको थियो । तर बाहिर चर्को बिरोध गरेपछि कानुनमन्त्रीले फिर्ता गर्नुभयो । त्यो बेला एउटा निकास दिन सकेको भए हुन्थ्यो, त्यो नहुदा अन्योलता कायमै रह्यो ।’

तथापि विगतमा समानुपातिक तर्फको बन्द सुची बुझाउनु अघि नै कार्यकाल सकिए सकिने अभ्यास पनि रहेको छ ।

बैठकमा काङ्ग्रेस सांसद मीन विश्वकर्मा, भीमसेनदास प्रधानले पनि प्रतिनिधिसभाको कार्यकाल सम्बन्धमा निर्वाचन आयोगले संघीय संसदलाई पठाएको पत्रका सम्बन्धमा विरोध जनाएका थिए ।

२८,भाद्र.२०७९,मंगलवार १५:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्