अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाई भेटवार्ता

ललितपुर । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग बिदाई भेटवार्ता गरेका छन् ।

खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरे ।

२९,भाद्र.२०७९,बुधबार १०:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्