जनता अहिले पनि देशको चाबी माओवादीको हातमा दिन चाहन्छन् : प्रचण्ड
वि.सं.२०७९ भदौ ३० बिहीवार १०:१६
shares

काठमाडौं । नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले अझै पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहेको बताएका छन् ।
पोस्टबहादुर बोगटीको स्मृति दिवसमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनबाट देशको राजनीति कता लैजाने भन्ने फैसला माओवादीले गरोस भन्ने चाहना जनताको रहेको प्रष्ट रहेको बताएका हुन् ।

























