जय नेपाल हलको कम्पाउन्ड खन्दा काठमाडौं महानगरले भेट्टायो गायब भएको टुकुचा खोला

काठमाडौं । काठमाडौं महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । बिहीबार महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थीत जय नेपाल हलको कम्पाउन्ड टुकुचा खोला भेटिएको हो ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खननको माग गर्दै आएका थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो । जय नेपाल हलको कम्पाउन्डमा करिव १५ फिट खन्दा नै टुकुचाको वहाव भेटिएको थियो ।

३०,भाद्र.२०७९,बिहीबार १८:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्