एमाले संसदीय समितिको बिदाई बैठक, ओलीले भने-अब चुनावमा लाग्नुस्

काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन नेकपा एमालेको संसदीय दलको बैठक बसेको छ ।

नयाँ बानेश्वरस्थित संसदीय दलको बिदाई बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सबै सांसदहरूलाई धन्यवाद दिएका छन् । बैठकमा संसद्को यस अवधिको समीक्षा गरिएको छ ।

‘सदनमा तपाईँहरूले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दछु । अब जिल्ला र क्षेत्रमा सबैजना चुनावको तयारीमा लाग्नुस्’, ओलीले भने ।

३१,भाद्र.२०७९,शुक्रबार १२:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्