काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

अछाममा पहिरो : ११ जनाको मृत्यु, घाइते र बेपत्ताको संख्या दर्जनभन्दा बढी

3.65K
shares
khanepani bord

रुपन्देही । अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर एक दर्जन हाताहति भएका छन् भने दर्जनौ घाइते तथा बेपत्ता भएका छन् ।

अहिलेसम्म ११ जनाको शव भेटिएको, ७ जना वेपत्ता भएको र एक दर्जनभन्दा बढी घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार कमलबजार नगरपालिका वडा नं ६ को ठाँटीघाटमा गएको पहिरोमा परि ८ जना वेपत्ता भएकोमा ५ जनाको मृत्यु भएको छ भने १ जनाको सकुशल उद्धार गरिएको छ । २ जना अझै वेपत्ता छन् । ।

त्यस्तै कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको पनि उनले बताए। त्यस्तै ढकारी गाँउपालिकामा १ घर पुरिएर एक जनाको मृत्यु भएको र २ जना घाइते भएका छन् । तुर्माखाद गाँउपालिका वडा नं ५ नारागाउँमा ९ जना बेपत्ता भएकोमा ५ जनाको शव भेटिएको छ ।

अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको उनले बताए।

khanepani