संघ र प्रदेशका समानुपातिक सांसदलाई नेकपा एसले सोही कोटामा अवसर नदिने

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले हाल प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पुनः सोही कोटामा उम्मेदवार नबनाउने भएको छ ।

नेकपा एसका महासचिव डा.बेदुराम भुसालले असोज शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विगतमा दुईपटक वा सो भन्दा बढी समानुपातिक सांसद र राष्ट्रिय सभाको सदस्य भएकालाई पनि समानुपातिक बन्द सूचीमा नराखिने जनाएका छन् ।

नेकपा एसले स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएकाहरुलाई पनि समानुपातिक सूचीमा नराख्ने भएको छ । सो पार्टीले विगतमा अवसर नपाएकालाई समानुपातिकमा अवसर दिने भएको छ ।

१,आश्विन.२०७९,शनिबार १४:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्