निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउँछ: प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन् ।

लौहपुरूष गणेशमान सिंहको २५ ओै स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताए । सविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाई थियो ।

स्थानीय तहलाई बलियो बनाएर शिक्षा,स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरि काम गर्नुपर्नेमा सिंहको जोड थियो । सत्तागठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने पनि सिंहको भनाई थियो ।

गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,’ गणेशमान सिंहको २५ औं स्मृतिमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’

२,आश्विन.२०७९,आईतवार ११:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्