केयूकेएलबाट सिइओ शाक्य हटाउन चार युनियन कर्मचारीहरुले गरे बोर्डलाई पत्रचार

संस्थाभित्र मौलाएको बेथिति, विकृति, विसंगति, अपारदर्शिता र अवान्छित गतिविधि नियन्त्रण गर्न' पुनः तत्काल आन्दोलन: यूनियनहरु

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन लिमिटेड (केयूकेएल) मा क्रियाशिल चार कर्मचारी यूनियनहरुले सिइओ मिलनकुमार शाक्यलाई केयूकेएलबाट हटाउन केयूकेएल बोर्डलाई अल्टिमेटम दिएका छन ।

मिलन कुमार शाक्य केयूकेएलको सिइओ भएपछि केयूकेएल आर्थिक रुपमा धारासाहि भएको, कर्मचारीहरुको सरुवा बढुवामा आर्थिक चलखेल भएको, सुशासन र आर्थिक अनुशासन कायम गर्न नसकेको, लेखा प्रमुख र कार्यालय प्रमुखको सरुवा र बढुवा समयमा गर्न नसकेको जस्ता आरोपहरु कर्मचारीहरुले सिइओ शाक्यलाई लगाएर विगत लामो समयदेखि आन्दोलन गरिरहेका छन । शाक्यकै संरक्षणमा शाखामा भ्रष्टाचार गरेर अकुत कमाउने कर्मचारीहरुलाई मोटो रकम लिएर शाखा प्रमुख बनाउने काम समेत गर्दै आएको कर्मचारीहरुको आरोप छ ।

इन्जिनियर हुदाँ हुर्दै शाक्यले ६ तहको प्राविधिक कर्मचारीलाई समेत शाखा प्रमुख बनाएर, शाक्यले केयूकेएलमा एउटा नजिरको इतिहास रचेको समेत कर्मचारीहरुका नेताहरुको आरोप छ । बढुवा भएका आठ तहका कर्मचाहरुलाई वोर्डले अनुमोदन गर्दा समेम नियुक्ती दिएर पदस्थपना नगरि सिइओ शाक्यले आलटाल गरि रहेका छन ।

जेठको अन्तिम हप्ता ठुलो आर्थिक चलखेल गरेर सरुवा गरेका शाखा प्रमुखहरुले दिएको नजरानाका कारण सिइओ बढुवा भएका आठौं तहका कर्मचारीहरुलाई पदस्थापना गर्न हिचकिचाई रहेका छन । काम चोरलाई विभागीय प्रमुख दिएर, काम गर्ने र सक्षम कर्मचारीहरुलाई महाशाखामा हल्लाउने कामले खानेपानीका कर्मचारीहरु वीच एउटा चक्रभिउ निर्माण गर्दै छन शाक्य ।

केयूकेएलका आधिकाश कर्मचारीहरु केयूकेएलकै ठेकेदार छन । उनीहरु ‘आफै धामी र आफै बोक्सी’ जस्ता भएर केयूकेएलको ठेक्कामा रमाई रहेकाहरुलाई समेत शाक्यकै आर्शिवाद छ ।

केयूकेएलको ठेक्का गरेर अकुत कमाइ गरेको आरोपमा प्रकाश लामिछानेको सम्पति शुद्धिकरण विभागमा मुद्धा चलिरहेको छ । झन यहिका कर्मचारी ठेकेदारहरुले कति केयूकेएलको दुहन गरेका होलान, अनुमान गर्न सकिदैन ।

जाउलाखेल शाखामा बसेर अकुत कामाउन सफल विजय विकलाई नौ तहको दरवन्दी भएको शाखा बानेश्वरमा सरुवा गर्दा सिइओ शाक्यमात्र हैन यूनियनहरुलाई समेत हरियो घाँस खुवाएर आएका प्रमुखले त्यो पैसा उठाउन लाउलाखेलकै ठेकादार कर्मचारी विकास महजनलाई लिक मर्मत, पाइप लाइन र खरिदका काम दिएको समाचार स्रोतको दावी छ । त्यसै गरि भक्तपुर शाखाका प्रमुखमा आठ तहको दरबन्दी भएको शाखामा ६ तहका प्राविधिक कर्मचारी चेतबहादुर एैरलाई कामु दिएर सिइओ शाक्यले जगत हसाँएका छन ।

सामान्य कर्मचारीहरुको प्रयोग र सिद्धान्त अनुसार एक तह माथिलाई मात्र कामु दिन मिल्छ तर, शाक्यले पैसाकै लागि यो नियम र सिद्धान्तलाई धोति लगाएर आफ्नो पैसा कमाउने सपना पुरा गरेको कर्मचारीहरुको आरोप छ ।

केयूकेएलमा पानी चालाक, पम्प चालक र मिटर रिडरको काम प्रायः स्थायी कर्मचारीहरुले गर्दैनन । यस्ता काम सेवा करारका कर्मचारीहरुले मात्र गर्ने गरेका छन । उनीहरुको म्याद समेत महिना महिना दिनमा थप्ने र काम गरेको दिनको समेत तलव कटाएर दिने गरेका छन । यसो गर्दा सेवा करारमा काम गर्ने
कर्मचारीहरुको समेत मनोवल घिराउने आथिक शोषण गर्ने कार्य भइरहेको कर्मचारीहरुका गुनासा रहेका छन ।

विगत वर्षहरुमा भन्दा मिलन कुमार शाक्य सिइओ भएर आएपछि मिटर रिडिङ र रिभिन्यू सुन्यकै लेभलमा झरेको पाइएको छ । शाखामा प्रमुखहरुको प्रयासले मरीतरी उठेको महशुलका भरमा तलव भत्ता सम्म केयूकेएलमा चलेको पाइएको छ । वोर्डबाट बजेट पास हुन सकेको छैन । विना आधार सिइओ शाक्यले बोर्डको पहिलो वैठकमा करिव ८० करोड घाटा बजेट पेश गरेका थिए । सो बैठकमा आधार र कारण उल्लेख गरेर पेश गर्न सिइओलाई वोर्डले निर्देशन दिएपछि अर्को बैठकमा उनले नाफाको बजेट पेश गरेपछि बोर्ड आश्चार्य चकित भएको छ । शाक्य काम भन्दा पेपर वार्कमा निक्कै निपुर्ण देखिएका छन । उनको कार्यशैली ज्यादै कमजोर छ भने कुरा र पेपर भने निक्के मजवुद बनाउने कार्यशैलि देखिएको सरोकारवालाहरुको तर्क रहेको छ ।

यहि कारण दैखाउदै कर्मचारी युनियनहरुले सिइओलाई कारवाहि गर्न वोर्डसँग माग गरेको छन । ‘दु्रत प्रक्रियाबाट प्रमुख कार्यकारी अधिकृतको बहिर्गमन यथाशिघ्र नगरेमा संस्थाभित्र मौलाएको बेथिति, विकृति, विसंगति, अपारदर्शिता र अवान्छित गतिविधि नियन्त्रण गर्न’ पुनः तत्काल आन्दोलनका कार्यक्रम घोषणा गरि मुख्य कार्यालय ठप्प पार्न बाध्य हुने कुरा चार कर्मचारीहरुले केयूकेएल वोर्डलाई चेतवानी दिएका छन । उनीहरुले अन्तमा भनेका छन, “यसबाट आउने सबै परिमाणको जिम्मेवारी पनि वोर्ड र सिइओ शाक्यले लिनु पर्ने बताएका छन ।”

३,आश्विन.२०७९,सोमबार ०९:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्