महिला फुटबल टिमलाई भेटेर बालेनले दिए जितको शुभकामना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाली महिला फुटबल टिमलाई जितको शुभकामना दिएका छन् ।

सोमबार साँझ हुने फाइनल खेलअघि खेलाडीहरूलाई सुभकामना दिन उनी क्राउन इम्पेरियल होटल पुगेका थिए ।

समूह चरणमा नेपालको भुटानविरूद्धको पहिलो खेल मैदानमै हेरेका बालेनले आज पनि रंगशाला पुगेर ऐतिहासिक जितको साक्षी रहने प्रतिक्रिया दिए ।

शुभकामना दिँदै बालेनले आगामी दिनमा महानगरपालिकाले खेलकुद क्षेत्रमा लगानी गर्ने साथै खेलाडीहरूको वृत्तिविकासमा जोड दिने प्रतिबद्धता जनाए ।

आज साँझ नेपालले उपाधिका लागि बंगलादेशसँग भिड्दैछ ।

३,आश्विन.२०७९,सोमबार १२:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: