सुशील कोइरालालाई नेपाल रत्न पदक, आश्रित, रेग्मी र जोशीलाई राष्ट्र गौरब

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापतिसमेत रहेका स्व. सुशील कोइरालालाई नेपाल रत्न मानपदवी पदकले सम्मान गर्ने भएको छ । संविधान दिवसका अवसरमा हरेक वर्ष एक जनालाई मात्र विभूषित गरिन्छ ।

मानपदवी अन्तर्गत नै राष्ट्रिय गौरब पुरस्कार भने स्वर्गीय राजनीतिज्ञ जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतविद् सत्यमोहन जोशीलाई दिइने भएको छ । त्यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्री पुरस्कार डा. जगमान गुरुङलाई दिइने भएको छ ।

यो पदक यस वर्ष एकजनालाई मात्र दिइने घोषाण गरिएको छ ।

३,आश्विन.२०७९,सोमबार १२:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्