काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

सहरमा बसेकाहरूबाटै संघीयताको विरोध : मुख्यमन्त्री भट्ट

3.71K
shares
khanepani bord

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहर बजारमा बसेकाहरूबाटै संघीयताको विरोध गरिरहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा आज धनगढीमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले त्यस्तो बताएका हुन्। उनले संघीयताले गाउँमा विकास भएको तर, सहरको नजरले त्यो नदेखेको बताए ।

उनले भने, ‘सहरमा बसेकाहरूले संघियताको विरोध गरिरहेका छन् । सहरमा बसेर संघीयता चाहिँदैन, प्रदेश चाहिँदैन, धर्मनिरपेक्षता चाहिँदैन भनेर हुन्छ ? संघीयताको उपलब्धि हेर्न गाउँ जानु पर्छ।’ संविधान पूर्णरूपले कार्यान्वयन नहुँदा संघीयता प्रति नागरिकहरू निराश बन्दै गइरहेको मुख्यमन्त्री भट्टको भनाइ थियो ।

‘संविधान पूर्णरूपले कार्यान्वयन हुन सकेको छैन । एकल अधिकारमा समस्या नभए पनि साझा अधिकारमा समस्या छ’ मुख्यमन्त्री भट्टले भने, ‘प्रहरी ऐन,निजामती ऐन र शिक्षा सम्बन्धी कानुन निर्माणमा संघीय सरकारले ढिलो गर्दा प्रदेश सरकारलाई समस्या परिरहेको छ ।’ ती कानुन निर्माण नहुँदा प्रदेश सरकारले के गरिरहेको छ भन्ने प्रश्नहरू उठिरहेको मुख्यमन्त्री भट्टको भनाइ थियो ।

संविधानको पूर्ण कार्यान्वयन भए संविधान दिवसको महत्त्व पनि संस्थागत हुने नभए दिवसको कार्यक्रम औपचारिकतामा सीमित रहने उनको भनाइ थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले संविधानको कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताएका थिए । धनगढी चौराहाबाट सुरु भएको ¥यालि धनगढी रङ्गशालामा पुगेर कोष सभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न झाकिहरु समेत प्रस्तुत गरिएको थियो ।

khanepani