माइतीघरमा संविधान जलाइयो, केही पक्राउ

काठमाडौं । देशभर संविधान दिवस मनाइरहँदा कहिँ भने अपुरो भएको भन्दै विरोध पनि गुन्जिएको छ ।

संयुक्त जनआन्दोलन मोर्चाको आव्हानमा माइतीघरमा संविधान जलाएर विरोध गरिएको हो । प्रदर्शनकारीले संविधानलाई ‘कालो संविधान’ को संज्ञा दिएका छन् । आसन्न मंसिर ४ को चुनाव बहिष्कार गर्न भन्दै उनीहरूले ७२ को संविधान नमान्ने बताएका छन् ।

संविधान जलाउने प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको थियो ।

३,आश्विन.२०७९,सोमबार १४:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्