सन्तोष सेनलक्षित दीपकराज गिरिको कडा स्टाटस- सबैलाई गाली गरेर फिल्म चलाउने हो ? नियमानुसार कर तिर

काठमाडौं । ‘प्रेमगीत-३’ का निर्माता सन्तोष सेनले पुराना अभिनेता सरोज खनालमाथि कठोर टिप्पणी गरेपछि हास्यकालकार तथा अभिनेता दीपकराज गिरीले आपत्ति जनाएका छन् । उनले आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाउन पनि सुझाव दिए ।

आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै दीपकराजले आफ्नो आक्रोश पोखेका हुन् ।

उनले भनेका छन्, ‘भुवन केसी, अनमोल केसी, झरना थापा, अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ… यो लिष्ट निक्कै लामो हुँदैछ दिनप्रति…। सबैलाई गाली गरेरै फ़िल्म चलाउने हो ?
यति राम्रो हाइप हुँदाहुँदै के गर्‍या यो ?’

गिरी थप्छन्, ‘आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफूमात्रै राज गर्ने हो ? घर नै नरहे कहाँ बस्छौ साथी ?’

उनले हिन्दी भाषाको ‘प्रेमगीत ३’ मा नियमानुसार कर तिर्न सुझाएका छन् । बरु नेपाली भाषाको फिल्ममा अतिरिक्त छुट माग्न उनको सुझाव छ । यति लेखेपछि ‘बाइकट अनमोल’ मा आफ्नो नाम पनि थप्न उनको चुनौती छ ।

‘निर्देशनअनुसार गालीगलौच पनि गरौला पक्कै पनि । तर यति ठूलो तिमिहरूको अन्याय कसरी सहेर बस्नु ? साथीहरूले कसरी सहेर बसेँ मैले चाहि सकिन माफ पाउँ ?’ उनले भनेका छन् ।

उनी थप्छन् ‘हरेकदिन मिडियामा आएर हंगामा मच्चाउने किन ? आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाऔं साथी १ तपाईँको फ़िल्म चल्दा हामी कसैको बेफाइदा छैन, तपाईँको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ ! फाइदा नै छ ! सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौँ !

होइन भने एकले अर्कोलाई नसकौँ !

४,आश्विन.२०७९,मंगलवार १३:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्