काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

मोटरसाइकल चोरी गरेको आरोपमा युवक पक्राउ

3.58K
shares
khanepani bord

काठमाडौं । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-१ वाङथली घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध बस्‍ने २७ वर्षीय पेमा तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णेश्वरको नयाँबस्तीबाट मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बालाजु पठाइएको प्रहरीले जनाएको छ ।

उनले बालाजु बाइपास तरूण स्कुल नजिक सडक किनारमा पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०२४ प८५५० नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरेको प्रहरीको दाबी छ ।

khanepani