अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन ललितपुर महानगरको आग्रह

काठमाडौं । ललितपुर महानगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ ।

ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढी लगायतका संरचना ३५ दिन भित्र हटाउन आग्रह गरेको हो ।

बुधबार एक सूचनामार्फत नक्सा स्वीकृत गर्दा पार्किङ्ग प्रयोजन खुलाई स्वीकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचनाहरु ३५ दिन भित्र हटाउन आग्रह गरेको छ ।

यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्न अनुरोध छ । उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरेरनगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरंचनाहरु हटाउने महानगरले जनाएको छ ।

५,आश्विन.२०७९,बुधबार १०:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्