कृषि मन्त्रालयलाई थाहै नदिई एक लाख ३० हजार लिटर दुध आयात गर्ने डीडीसीको प्रस्ताव अर्थमा, किसान आक्रोशित

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले १ लाख ३० हजार लिटर दुध आयात गर्ने प्रस्ताव अर्थमन्त्रालयमा पठाएको भन्दै किसानहरुले विरोध गरेका छन् । राष्ट्रिय कृषक महासंघले विज्ञप्ति जारी गर्दै नेपालकै दुधले बजार नपाएको अवस्थामा अरु दुध आयात गर्ने कृषि मन्त्रालयका प्रस्तावमा आफ्नो गम्भीर आपत्ति रहेको जनाएको छ ।

नेपाल दुधमा आत्मनिर्भर भएको भन्दै २०७५ सालमा दुध आयातमा प्रतिबन्ध लगाइएको थियो । नेपालमा उत्पादन भएको दुधलाई बजार दिनुको साटो किसान मार्ने गरी सरकारले आयात खुलाउँन लागेको महासंघले भनेको छ । डीडीसीले दुध आयात गर्न अनुमति माग्दा सरकारले सरोकारवाला संघसंगठनसँग छलफलसमेत गर्ने गरेको थियो ।

तर यसपटक कृषि मन्त्रालयले कसैलाई पत्तो नदिइ दुध आयातको प्रस्ताव अर्थमा लगेको उनीहरुको आरोप छ । कमिसनको स्वार्थमा परेर दुध आयात नखोल्न महासंघले भनेको छ ।

५,आश्विन.२०७९,बुधबार १५:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्