राष्ट्रपतिविरुद्ध उभिए उपराष्ट्रपति, संविधानको संरक्षकले दायरा नाघेको टिप्पणी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरेपछि सत्ता गठबन्धनले राष्ट्रपतिको विरोध गरिरहेका बेला उपराष्ट्रपति नन्दवहादुर पुनले पनि मुख खोलेका छन् ।

उपराष्ट्रपतिले बुधवार वक्तव्य जारी गर्दै राष्ट्रपतिको आलोचना गरेका छन् । उनले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत जनआवाज उठिरहेको जनाएका छन् ।

उनले यस्तो अवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद भन्दै संविधानको पालना र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नरहेको बताएका छन् ।

५,आश्विन.२०७९,बुधबार १५:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्