कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु
वि.सं.२०७९ असोज ६ बिहीवार ०९:०६
shares

रूपन्देही । कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो ।
घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेका आमा छोराको बुधबार मृत्यु भएका ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।




















