काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

उच्च अदालतले दियो हात्तिसार क्षेत्रका घरजग्गामा क्षति पुग्ने काम नगर्न महानगरलाई आदेश

3.58K
shares
khanepani bord

काठमाडौ । काठमाडौ उच्च अदालत पाटनले काठमाडौंको हात्तिसार क्षेत्रका जमिन र त्यसमाथि बनेका संरचनामा क्षति पुग्नेगरि कुनै पनि काम नगर्न/नगराउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।

हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखसहित २१ घरधनीले दिएको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश किरण पोखरेलको इजलासले उनीहरूको जग्गाजमिनमाथि कुनै क्षति पुग्ने काम नगर्न अल्पकालिन आदेश दिएको हो।

उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार उक्त आदेश निरन्तरता दिने वा नदिने निर्णय गर्न असोज २६ गते दुवै पक्षलाई अदालतमा बोलाएको छ। छलफलमा आउँदा टुकुचा खोला उत्खनन् गर्ने निर्णय सम्बन्धी कागजात समेत ल्याउन भनेको छ।

मंगलबार २१ जनाले आफ्नो जमिनमा बनेका घर टहरामा डोजर लगाउने महानगरविरूद्ध रिट दिएका थिए।

‘कानुन बमोजिम नक्सा पास गरि घर निर्माण भएको देखिएको हुँदा नक्सा पास भएका घर र जग्गालाई क्षति पुग्नेगरि कुनै कार्य नगर्नू/नगराउनू भनी विपक्षीका नाउँमा अल्पकालिन अन्तरिम आदेज जारी गरिदिएको छ,’ उच्च अदालत पाटनको आदेशमा भनिएको छ, ‘सो अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा विपक्षीहरू (महानगर) को समेत कुरा सुन्नुपर्ने भएकाले दोहोरो छलफलको लागि असोज २६ गते पेशी तोकी सो सम्बन्धमा कुनै निर्णय भएको भए निर्णयसँग सम्बन्धीत कागजात फाइल ल्याउनू।’

यो पनि हेर्नुहोस्

महानगरको गुण्डागर्दी बन्द गर- सम्पादकीय

टुकुचा सुरूङमाथिको जग्गा कसरी पुग्यो व्यक्तिका नाममा?

टुकुचालाई जयनेपालबाट सुरूङमा हाल्ने काम १३० वर्षअघि वीरशमशेरले गरेका थिए
महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?

khanepani